२०८१ जेठ ०४ गते शुक्रबार
ट्रेन्डिङ

डोटीमा भिरबाट लडेर एक बालिकाको मृत्यु

SansherOnline SansherOnline
आइतबार २८, साउन २०८० १०:४८
डोटीमा  भिरबाट लडेर एक बालिकाको मृत्यु

डोटी : डोटीमा भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ । जिल्लाको बडीकेदार गाउँपालिका वडा नम्बर ५ लानाकी १३ वर्षीया समीक्षा मल्लको भिरबाट लडेर मृत्यु भएको हो । 

शनिबार बाख्रा चराउन गएकी समीक्षाको भिरबाट लडेर मृत्यु भएको स्थानीय गणेशराज जोशीले बताए । उनी केदारेश्वर माविमा अध्ययनरत थिइन् । 

जिल्ला प्रहरी कार्यालयले भने घटनाका बारेमा थाहा नभएको बताएको छ । 

प्रतिक्रिया