२०८१ जेठ ०४ गते शुक्रबार
ट्रेन्डिङ

बैतडी सिगासका दिपेश धामी सहित २ जना अत्तरिया बाट पक्राउ

SansherOnline SansherOnline
शनिबार २७, साउन २०८० ११:०२
बैतडी सिगासका दिपेश धामी सहित २ जना अत्तरिया बाट पक्राउ

अत्तरिया : बैतडीको सिगासका १ जना सहित २ जना लागु औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित अत्तरियाबाट पक्राउ परेका छन ।

लागुऔषध सहित अत्तरियाको पहाड रोडमा रहेको एक होटलमा काम गर्ने कर्मचारी र गोदावरी – २ मै बस्दै आएका अर्का एक व्यक्ति पक्राउ परेका हुन ।

इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको सादा पोषाकको टोलिले अत्तरिया पहाड रोड स्थित भुपु सैनिक होटलमा काम गर्ने बैतडी सिगास गाउँपालिका – २ घर भएका १८ बर्षीय दिपेश धामीलाई पक्राउ गरेको थियो ।

उनलाई थप सोधपुछ गर्दा गोदावरी नगरपालिका – २ बस्ने ३६ बर्षीय बसन्त खत्री पनि पक्राउ परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

डिएसपी गणेश बरालका अनुसार धामीको साथबाट १६० मिलीग्राम लागुऔषध फेला परेको थियो । धामीले दिएको बयानका आधारमा पक्राउ परेका खत्रीको साथबाट ९८०मिलीग्राम लागुु औषध वरामद गरिएको हो ।
दुवै जनालाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया