२०८१ जेठ ०४ गते शुक्रबार
ट्रेन्डिङ

अन्तर्राष्ट्रिय युवा दिवस : दशरथचन्दका ३ युवा सम्मानित,पाटनमा वक्तृत्वकला प्रथम भए ठगुन्ना

SansherOnline SansherOnline
शनिबार २७, साउन २०८० ०५:३१
अन्तर्राष्ट्रिय युवा दिवस : दशरथचन्दका ३ युवा सम्मानित,पाटनमा वक्तृत्वकला प्रथम भए ठगुन्ना

बैतडी : अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा दशरथचन्द नगरपालिका बैतडीमाका ३ युवा सम्मानित भएका छन । दशरथचन्द नगरपालिकास्तरीय युवा सञ्जालको  आयोजनामा भएको कार्यक्रममा ३ जना अब्बल युवालाई सम्मान गरेको हो ।

दशरथचन्द नगरपालिका १ की निर्मला टेर,२ की रेजिना टेलर र ४ की निशा भट्टलाई सम्मान गरिएको नगरस्तरीय युवा संजालका अध्यक्ष उमेश बडूले जानकारी दिए । उनीहरुलाई प्रमाणपत्र तथा दोसल्लाले सम्मान गरीएको बडूले बताए । आयोजित कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका उपप्रमुख दमन कुँवर रहेका थिए ।  यस्तै दशरथचन्द नगरपालिकाका कार्यबाहक प्रमुख सूर्यबहादुर बोहरा बिशिष्ट अतिथी रहेका थिए । 

युवा सञ्जालको आयोजनामा भएको कार्यक्रममा दशरथचन्द नगरपालिका, संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए), भिएसओ, पिसवीन, परिवार नियोजन संघ, युवालय लगायतका संस्थाहरुको सहयोग रहेको थियो । 

गोठलापानीदेखि गढी सम्म प्रभातफेरीको आयोजना गरिएको थियो भने जनप्रतिनिधिसहितको सहभागितामा युवाहरुका सवाल बिषयक अन्तरक्रिया सम्पन्न गरिएको थियो । 

दिवसको अवसरमा पाटन नगरपालिकामा आयोजित बक्तृत्वकला प्रतियोगिताको पाटन नगरपालिका-५ का दिलेन्द्र सिंह ठगुन्ना प्रथम भएका छन् ।

पाटन नगरपाकिाल र युवालय संस्थाको सहयोगमा नगर युवा सञ्जालले आयोजना गरेको बक्तृत्वकला प्रतियोगिता ठगुन्ना प्रथम भएको छन् ।

बक्तृत्वकला प्रतियोगितामा द्धितीय पाटन नगरपालिका ३ का जयमन्ती अवस्थी, तृतीय पशुपति पाण्डेयले हासिल गरेका छन् । प्रथम, द्धितीय, तृतीयले क्रःमस दुई हजार, एक हजार पाँच सय, एक हजार र पाँच सय नगदसहित प्रमाण पत्र प्राप्त गरेको नगर स्तरिय युवा सञ्जालका सचिव निराजन पन्तले बताए ।

दिगो विकाश लक्ष्य प्राप्तीमा युवाको साथ : नवप्रवर्तन र उद्यमशीलतामा हरित सीप विकास बिषयमा ९ वटै वडाका १६ जना सहभागी युवाले बक्तृत्वकला प्रतियोगिता आफ्नो विचार व्यक्त गरेका थिए ।

नगरयुवा सञ्जालका अध्यक्ष सन्जु भण्डारीको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथी पाटन नगरपालिका नगरप्रमुख गौरीसिह रावल रहेका थिए । उनले मुलुकको आर्थिक, सामाजिक, राजनीतिक र शैक्षिक क्षेत्रमा युवाहरुको सक्रिय सहभागिता हुन पर्ने बताए। नगरपालिका अगामी दिनमा युवा लक्षित बजेटको व्यवस्था गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।  

 

 

 

 

प्रतिक्रिया