२०८१ जेठ ०४ गते शुक्रबार
ट्रेन्डिङ

बझाङमा सेती नदीमा बगेर बेपत्ता भएका पुरुषको शव भेटियो

SansherOnline SansherOnline
शनिबार २७, साउन २०८० ०३:०४
बझाङमा सेती नदीमा बगेर बेपत्ता भएका पुरुषको शव भेटियो

बझाङ : बझाङमा सेती नदीमा बगेर बेपत्ता भएका पुरुषको शव भेटिएको छ । मौरीबगर स्थित सेती नदिमा नुहाउने क्रममा बगेर बेपत्ता भएका अन्दाजी ३१ वर्षीय प्रकाश रजवारको शव थलारा गाउँपालिका १ स्थित शिवबगर सेती नदिमा भेटिएको हो ।

बेपत्ता रजवारको खोजी कार्य गर्ने क्रममा आज सनिवार थलारा गाउँपालिका-१ र केदारस्युँ गाउँपालिकाको शिवबगर स्थित सेती नदि बिचमा शव भेटिएको प्रहरीले जानकारी दिनुभयो   ।

शुक्रबार बेलुका करिब ५ बजेको समयमा मापसे सेवन गरेर नुहाउन गएका बेला उनलाई सेती नदिले बगाउँदा बेपत्ता भएका उनका आफन्तले बताए । उनलाई झनानाबाट माछा मार्नेक्रममा बगाएको भनिएपनि त्यसो नभएर मौरीवगरबाट नुहाउने क्रममा बगाएको आफन्तको भनाइ छ ।
उनी कैलालीको लम्कीचुहा नगरपालिका -९ का रहेको प्रहरीले जनाएको छ ।

अहिले उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लैजाने तयारी भइरहेको छ । यस घटनाबारे थप अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ 

उनी विगत २ वर्षदेखि बझाङमा ज्यालादारीमा काम गर्दै आएको देउरा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया