२०८१ जेठ ०४ गते शुक्रबार
ट्रेन्डिङ

बझाङको सेती नदीमा माछा मारिरहेका एक जना वेपत्ता

SansherOnline SansherOnline
शनिबार २७, साउन २०८० १०:१६
बझाङको सेती नदीमा माछा मारिरहेका एक जना वेपत्ता

बझाङ : बझाङमा सेती नदीमा माछा मारिरहेका एक जना वेपत्ता भएका छन् । कैलालीको लम्कीचुहा नगरपालिका -९ का करिब ३२ वर्षीय प्रकाश वम शुक्रबार वेलुका सेती नदीस्थित झनाना पुल मुनी माछा मारिरहेको समयमा बगेर वेपत्ता भएका हुन्।

उनी लामो समयदेखि बझाङमा सडकको काम गर्दै आएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। यसैबीच एक जना युवकको शव सेती नदीस्थित देउरा बजुवा बगरमा फेला परेको रायल प्रहरी चौकीले जनाएको छ ।

उक्त शव बेपत्ता वमको हो वा होइन भन्ने बारेमा पुष्टि गर्न बाँकी रहेको प्रहरीको भनाई छ । अहिले शव पुष्टि गर्न रायल प्रहरी चौकीबाट एक टोली खटिएको छ ।

प्रतिक्रिया