२०८१ जेठ ०४ गते शुक्रबार
ट्रेन्डिङ

अवरुद्ध भिमदत्त राजमार्गमा नयाँ ट्रयाक खुलेपनि गाडी चलेनन्

SansherOnline SansherOnline
शनिबार २७, साउन २०८० १०:०७
अवरुद्ध भिमदत्त राजमार्गमा नयाँ ट्रयाक खुलेपनि गाडी चलेनन्

बैतडी: भिमदत्त राजमार्ग पहिरोका कारण पाँच दिनदेखि अवरुद्ध हुँदा यात्रुले सास्ती खेप्नु परेको छ । सोमवार राजमार्गको बूढीतोला खण्डमा गएको पहिरोका कारण सडक सञ्चालनमा आउन नसकेको हो ।

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला जोड्ने राजमार्ग अवरुद्ध हुँदा पहाडी र तराईका जिल्लाको यातायात सम्पर्क टुटेको छ । दुईतर्फी गाडी सञ्चालन हुन नसकेपछि यात्रु चार दिनदेखि बीच बाटोमै अलपत्र परेका छन् ।

पहिरोले सडक नै भासिएपछि नयाँ ट्रयाक खोलिएको छ । तर लगातारको बर्षाले नयाँ ट्रयाक हिलाम्य नहुँदा गाडी चलाउन नमिलेको प्रदेश ट्राफिक प्रहरी कार्यालयले अत्तरियाले जनाएको छ । नयाँ खोलिएको ट्रयाक ढुंगा भर्ने काम भइरहेको बताइएको छ ।

बर्षा नभएमा आज राजमार्ग सुचारु हुन सक्ने अनुमान गरिएको छ । तर बर्षा भइरहेकाले काम गर्न असहज भएको छ ।

भिमदत्त राजमार्ग अवरुद्ध हुँदा सात पहाडी जिल्लाको तराईसित सम्पर्क टुटेको छ । वैकल्पिक सडकमार्ग नहुँदा नागरिकले सास्ती खेप्नुपरीरहेको छ ।

सडकको करीब ५ सय मिटर पहिरो भत्काएपछि समस्या भएको हो ।

प्रतिक्रिया