२०८१ जेठ ०४ गते शुक्रबार
ट्रेन्डिङ

अरिङ्गालको टोकाइबाट अछाममा एकजनाको मृत्यु

SansherOnline SansherOnline
शुक्रबार २६, साउन २०८० १२:०१
अरिङ्गालको टोकाइबाट अछाममा एकजनाको मृत्यु

अछाम: अछाममा अरिंगालको टोकेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको साँफेबगर नगरपालिका- ८ चण्डिका काटै निवासी ७२ बर्षिय टेक बहादुर कुँवरको मृत्यु भएको हो ।

कुँवर बिहीबार बाख्रा चराउन जंगल गएका बेला मौरिडाडा भन्ने ठाउमा अरिंगालले टोकेको थियो । अरिंगालको टोकाइबाट गम्भीर घाइते भएका उनको बयालपाटा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए ।

प्रतिक्रिया