२०८१ जेठ ०४ गते शुक्रबार
ट्रेन्डिङ

सिगासमा आलुले बजार नपाएपछि किसान चिन्तित, ढुवानी पनि महगो

SansherOnline SansherOnline
बिहिबार २५, साउन २०८० ०५:५९
सिगासमा आलुले बजार नपाएपछि किसान चिन्तित, ढुवानी पनि महगो

बैतडी : बैतडीमा उत्पादित आलुले बजार नपाउँदा किसान समस्यामा परेका छन् । सिगास गाउँपालिकाका प्रत्येक व्यक्तिको घरमा यतिबेला खनेको आलु थुपारिएको छ भने बारीमा पनि आधाभन्दा बढी आलु खन्न बाँकी छ । अहिलेसम्म कतैबाट पनि आलुको माग नआएको किसानहरुले बताएका छन् ।

आलुका लागि पकेट क्षेत्र भएकाले त्यहाँका अधिकांश कृषकहरुले आलु उत्पादन गर्दै आएका छन् । लेकाली क्षेत्रहरुमा फलेका वर्षे स्वादिष्ट आलु बिक्री नहुँदा किसान मारमा परेका हुन् । यस ठाउँमा मकैपछिको दोस्रो प्रमुख बालीका रूपमा उत्पादन हुने आलुले बजार नपाउँदा आलु कुहिन्छ कि भन्ने पिरले आफूहरूलाई सताएको  सिगास गाउँपालिका– ९ का सुरेनद्र चन्दले बताउनुभयो ।

आलुको उत्पादन यस वर्ष बढेको छ ।उत्पादन बढे पनि विक्री हुन नसक्दा समस्या उत्पन्न भएको किसानको गुनासो छ ।  

जिल्लामा ८ सय ५० हेक्टरक्षेत्रफलमा आलु खेती गरिन्छ । यहाँका आलु उत्पादक किसानले बजारीकरणका लागि स्थानीय तहहरुको साथ खोजेका छन् । बर्षात् को समयमा ग्रामिण सडकहरु अवरुद्ध हुँदा ढुवानीमा समस्या हुने गरेको छ । बजारको व्यवस्थापन संगै ढुवानीका लागि स्थानीय तहहरुले सहयोग गरे किसानहरुलाई राहात हुने सिगासका बल्देब महराले बताउनुभयो । ‘बारीबाट बजार सम्म पुयाएकै एक बोरा आलुको २०० रुपैँया भाडा लाग्छ । बजार र ढुवानीमा निकै समस्या भैरहेको छ ’ उहाँले भन्नुभयो 

बैतडीको पाटन नगरपालिकाका वडा नम्बर ८, ९ र १० सिगास गाउँपालिकाका वडा नम्बर १, २ र ९ सुर्नया गाउँपालिका वडा नम्बर ६ का किसानहरुले आलु उत्पादन गर्दै आएका छन् । स्थानीय तहहरुसंग तरकारीको बजारीकरणका लागि ठोस योजना नभएको बताएका छन् ।

 

 

प्रतिक्रिया