२०८१ जेठ ०४ गते शुक्रबार
ट्रेन्डिङ

बझाङको बुङ्गलका कर्मचारीको शव ६ दिनपछि डोटी सेती नदीमा फेला

SansherOnline SansherOnline
बिहिबार २५, साउन २०८० १०:३३
बझाङको बुङ्गलका कर्मचारीको शव ६ दिनपछि डोटी सेती नदीमा फेला

बझाङः बझाङको बुङ्गल नगरपालिकाको एक कर्मचारीको शव ६ दिनपछि फेला परेको छ। नगरपालिकाको कार्यालय सहयोगी धनबहादुर बोहराको शव डोटीस्थित दिपायलको सेती नदीमा फेला परेको हो।

बुङ्गल–३ विर्पैयाँका ४० वर्षीय बोहराले लगाएको चप्पल कालङ्गा नदीको किनारमा बिजगडा पुलको नजिक भेटिएको थियो। चप्पल नदी किनारमा भेटिएकाले उनी नदीमा खसेको हुनसक्ने आशंका गरिएको थियो। उनको शव ६ दिनपछि डोटीमा फेला परेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया