२०८१ माघ २४ गते बिहिबार
ट्रेन्डिङ

सिगास ७ को शिवलिङ्ग आधारभूत विद्यालय जिर्ण अवस्थामा,चार कोठा बिद्यार्थी दुई सय

SansherOnline SansherOnline
बुधबार २४, साउन २०८० ०१:५८
सिगास ७ को शिवलिङ्ग आधारभूत विद्यालय जिर्ण अवस्थामा,चार कोठा बिद्यार्थी दुई सय

 

बैतडी : बैतडीको एक विद्यालयका बालबालिकाहरुलाई पठनपाठनमा समस्या भएको छ । जिल्लाको सिगास गाउँपालिका-७ स्थित शिवलिंग आधारभूत विद्यालय भवनको छानो मर्मत नहुँदा र भवन अभावले पठनपाठनमा समस्या भएको छ । 

गाउँपालिकाको वडा वडा नं. ७ चामामा हावाहुरीले उडाएको छानो मर्मत नहुँदा शिवलिङ्ग आधारभूत विद्यालयमा भवन जीर्ण बन्दै गएपछि पठनपाठनमा समस्या भएको सोही विद्यालयका शिक्षक कर्ण राम विकले बताए ‌।

विद्यालय भवनको छानो उडाएको ३ वर्ष भएको एवम् मर्मत हुन नसकेपछि विद्यालयमा विद्यार्थीहरूलाई पठनपाठनमा समस्या भएको उहाँले बताउनुभयो । कक्षा ८ सम्मको पढाई हुने विद्यालयमा अहिले ४ कोठाको एकमात्रै भवन रहेको र जीर्ण भवनहरुबाट विद्यालयले सेवा दिइरहेको एवं विद्यार्थीको ज्यान जोखीममा रहेको विद्यालयले जनाएको छ ‌ ।

४ कोठाको भवनमा एक विद्यालयको कार्यालय, एक कोठामा स्टोर र दुईकोठामा मात्रै विद्यार्थीहरुले बस्न पाएका छन् । विद्यालय भवन मर्मत नहुँदा बालबालिकाहरुलाई पठनपाठनका लागि निकै समस्या भएको छ । यो बिषयमा गाउँपालिकाको समेत ध्यानाकर्षण गराएको भएपनि भवन मर्मत हुन नसकेको जनाइएको छ । स्थानीय सरकार, प्रदेश र संघ सरकारलाई भवनको माग गरिएको भएपनि भवन निमार्णमा कुनै निकायले चासो नदिएको वडा अध्यक्ष कर्ण बहादुर साउँदले बताए ।

 

 

प्रतिक्रिया