२०८१ बैशाख १६ गते आइतबार
ट्रेन्डिङ

बैतडीमा एसइइ ग्रेड वृद्धिका लागि ६ ओटा परीक्षा केन्द्र, कुन पालिकाका विद्यार्थी कहाँ ?

SansherOnline SansherOnline
मङ्गलबार २३, साउन २०८० ११:२४
बैतडीमा एसइइ ग्रेड वृद्धिका लागि ६ ओटा परीक्षा केन्द्र, कुन पालिकाका विद्यार्थी कहाँ ?

बैतडी : एसईईको ग्रेडवृद्धि परीक्षाका लागि बैतडीमा परीक्षा केन्द्र निर्धारण गरिएका छन् । एसईई ग्रेड वृद्धि परीक्षाका लागि ६ ओटा केन्द्र निर्धारण गरेको जिल्ला परीक्षा समन्वय समितिले जानकारी दिएको छ ।

विरेन्द्र मावि शाहीलेकमा दशरथचन्द नगरपालिकाका सबै विद्यालय, पञ्चेश्वर गाउँपालिकाका नागार्जुन मावि रन्तोली, जबलपुर मावि जबलकट्टे र आमपुर मावि बिजुलको केन्द्र तोकिएको छ ।

यस्तै मेलौली नगरपालिकाको केदारेश्वर मावि दुर्गास्थानको केन्द्र पनि विरेन्द्र मावि शाहीलेकमै तोकिएको छ । कृष्ण मावि पाटनमा पाटन नगरपालिका र सुर्नया गाउँपालिकाका सबै विद्यालयहरुको केन्द्र तोकिएको छ भने मणिलेक माविमा मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका विद्यालयहरुको केन्द्र तोकिएको छ । 

यस्तै डिलेश्वरी मावि पुर्चौंडी हाटमा पुर्चौंडी नगरपालिका अन्तर्गतका सबै विद्यालयको केन्द्र तोकिएको छ भने अर्जुन मावि गाँजरीमा सिगास गाउँपालिका अन्तर्गतका सबै विद्यालयहरुको केन्द्र तोकिएको छ ।

यस्तै सनातन धर्म मावि श्रीकोटमा दोगडाकेदार र डिलाशैनी गाउँपालिकाका सबै विद्यालयहरुको केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका सूचना अधिकारी पुष्करराज शर्माले बताए ।

यही साउन २६ र २७ गते हुने एसईई ग्रेडवृद्धि परीक्षमा १२सय ६१ छात्र र १३ सय ६९ छात्रा गरी २६ सय २० परीक्षार्थी सहभागी हुनेछन् ।अंग्रेजी वा अंग्रेजीबाहेक एकमात्रै बिषयको परीक्षा दिने परीक्षार्थीहरुको परीक्षा साउन २६ मा सञ्चालन हुनेछ भने दुई बिषयको परीक्षा दिने परीक्षार्थीको हकमा सानो कोडको बिषयको परीक्षा साउन २६ र ठूलो कोडको बिषयको परीक्षा २७ गते सञ्चालन हुनेछ । 

एसईई ग्रेडवृद्धि परीक्षाका लागि केन्द्र निर्धारण भएको विद्यालयको प्रधानाध्यापकलाई केन्द्राध्यक्षको जिम्मेवारी दिइएको शिक्षा विकास तथा समन्वय इकाई बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताए । केन्द्राध्यक्षहरुलाई परीक्षा सञ्चालनका बिषयमा अभिमुखीकरण समेत गराइने उनले बताए ।  

प्रतिक्रिया