बैतडी : हिजोदेखि परेको वर्षाका कारण खसेको पहिरोले भिमदत्त राजमार्ग अवरुद्ध बनेको छ । सुदूरपश्चिमको पहाडी जिल्ला जोड्ने भिमदत्त राजमार्ग खानीडाडाँ र बुढीतोला क्षेत्रमा सडक भत्कीएर पूर्णरूपमा अवरुद्ध भएको हो।
डडेल्धुरा, अछाम, डोटी बाजुरा, बैतडी, बझाङ र दार्चुला आउने र पहाडबाट तराईका जिल्ला कैलाली, कञ्चपुर र काठमाण्डौ जाने यातायातका सधान बाटोमै रोकिएका छन् ।
पहिरो गएर सडक धेरै ठाउँमा नै भासिएकाले सुचारु हुन केही दिन नै लाग्न सक्ने देखिएको छ।खानीडाँडा र बुढीतोलामा सयौं सवारी रोकिएका छन् भने हजारौं यात्रु अलपत्र परेका यात्रु नरेन्द्र भण्डारीले बताए ।
प्रतिक्रिया