बैतडी : बैतडीमा आफ्नै नातीको हत्या गर्ने हजुरबुवा पूर्पक्षका लागि कारागार चलान भएका छन् । सोमबार जिल्ला अदालत बैतडीले नातीको हत्या गर्ने पुर्चौडी नगरपालिका ६ मुडेलीधारका ५० वर्षीय गणेश साउँदलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, लोकराज जाशीले जानकारी दिए ।
साउँदले गत असार २८ गते काठको चिरपटले हिर्काएर आफ्नै २ वर्षीय नाती रेसम साउदको हत्या गरेका थिए भने ८ वर्षीय नाती रिजन साउँदलाई घाइते बनाएका थिए । रिजनको उपचार भइरहेको छ । आमा र हजुरआमा घास काट्न गएका बेला मानसिक सन्तुलन ठिक नभएका गणेश साउँदले २ वर्षीय नाती रेसमलाई काठको चिरपटले हानेर गम्भिर घाइते बनाएका थिए ।
उनको यपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको थियो । त्यसपछि विद्यालयबाट घर फर्किएका ८ वर्षीय जेठा नाती रिजनलाई पनि कुटपिट गरि गम्भिर घाइते बनाएका थिए ।
प्रतिक्रिया