बैतडी : बैतडीका एक युवकको भारतमा हत्या भएको छ । सुर्नया गाउँपालिका–२ खालिकाबगड लिस्किटा घर भएका २७ वर्षिय तिलक बहादुर चन्दको भारतको बेंगलोरमा हत्या गरिएको अवस्थाा शव फेला परेको हो ।
भारतीयष् नागरिकले गत हप्ता उनकै बस्ने कोठामा चक्कु प्रहार गरी हत्या गरिएको अवस्थामा चन्दको शव फेला परेको थियो । ७ वर्ष देखि कोठामा संगै बस्दै आएका भारतको कर्नाटकका ४५ वर्षिय शिद्धराजुले हत्या स्वीकार समेत गरिसकेको त्यहाको प्रहरीले जनाएको छ । हत्याको कारण खुलेको छैन । भारतीय प्रहरीले उनलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।
तिलकको मृत्युको खबर आफुुहरुलाई अन्तराष्ट्रिय अनुसन्धान निकाय इन्टरपोलबाट प्राप्त भएको आफन्तहरुले बताएका छन् । भारतीय नागरिकले हत्या स्वीकार गरेपछि शव बुझेर अन्तिम संस्कार गरिएको पनि आफन्तले बताएका छन् ।
रोजगारिको सिलसिलामा भारत गएका तिलक ११ वर्ष देखि सम्पर्क विहिन थिए । ११ वर्ष देखि बेपत्ता रहेका तिलकको हत्या गरिएको खबर आएपछि परिवार सोकमा डुबेको छ ।
प्रतिक्रिया