बैतडी : नेपाल टेलिकमले देशभरि फोर जि सेवा सुचारु गरेता पनि बैतडी जिल्लामा रहेका केहि दुर्गम पालिकाका वडाहरुमा घाम लेगे संगै नेपाल टेलिकमका टावर आउने र घाम अस्ताए संगै नेपाल टेलिकमका टावरहरु जाने समस्या देखिएको छ ।
जिल्लाको पाटन नगरपालिकाको वडा नम्बर ८,१० र सिगास गाउपालिकाको वाडा न १ र ३ का केहि भुभागहरुमा यस्तो समस्या रहेको यहाका स्थानियहरु बताउछन । सिगास गाउपालिकाको वडा नम्बर एकमा रहेको नेपाल टेलिकमको टावरमा सोलार सिस्टम बाट चल्ने भएकाले घाम लाग्ने बेला टावरले काम गर्ने र घाम अस्ताउने बेला टावर जाने समस्या रहेको पाटन नगरपालिका वडा नम्बर १० का स्थानिय सुरेन्द्र बहादुर चन्दले बताए । उनका अनुसार बर्सादको बेलालगायत हिउदमा पनि नेपाल टेलिकमको टावरमा यस्तै गडबडी भएकाले कसैलाई फोन गर्नु परेमा पनि उच्चा डाडोमा गएर फोन गर्नु पर्ने बाध्यता रहेको उनले बताए ।
बिगत केहि दिन देखि टेलिकमको टावरमा यस्तो समस्याका कारण बिधालयका कामकाज गर्न आफुलाई अप्ठ्यारो परेको पाटन नगरपालिका १० सरस्वती माध्यमिक बिधालयका लेखापाल करबिर सार्कि बताउछन । अनलाइन डाटाहरु ईन्ट्री गर्नु परेमा यहाँबाट एक डेड घण्टा हिडेर खोड्पे पुग्नु पर्ने बध्यताले यहाका सरकारि कार्यालमा कामकाज गर्न निकैनै अप्ठ्यारो भएको हुदा टेलिकमले सहज काम गरिदिए सरकारी कामकाज गर्न सजिलो हुने कुरा उन्ले बताउनु भएको छ ।
प्रतिक्रिया