२०८१ बैशाख १५ गते शनिबार
ट्रेन्डिङ

पाटनमा दुई अवैध क्लिनीक सिल, अनाधिकृत औषधी बरामत

SansherOnline SansherOnline
सोमबार २२, साउन २०८० १२:५४
पाटनमा दुई अवैध क्लिनीक सिल, अनाधिकृत औषधी बरामत

बैतडी : बैतडीमा दुई अवैध क्लिनीक सिल गरिएको छ । जिल्लाको पाटन नगरपालिका वडा नम्बर ६ पाटन बाजरमा संञ्चालीत अवैध स्वास्थ क्लिनीक र दन्त क्लिीनिक बन्द गरिएको हो । नियम विपरीत संचालन गरिएको उक्त क्लिनीकमा जिल्ला प्रशासन कार्यालय र स्वास्थ्य कार्यालय र पाटन नगरपालिकाको संयुक्त अनुगमन टोलीले सिल गरेको बताइएको छ ।

इलाका प्रहरी कार्यालय पाटनको अगाडी ४ महिना पहिलेदेखी सिएम पढेका सुर्खेतका फत्तबहादुर खडकाले सञ्चालन गरेको निभा स्वास्थ्य क्लिनीक दर्ता नै नगरेको सञ्चालन गरेकोले बन्द गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रशाद भट्टले बताए ।

सिएम पासले मेडिकल तथा औषधि पलस सञ्चालन गर्ने पाउदैन । खडकाले अहिले भिमदत्त प्राविधिक कलेजबाटमा फार्मेसी पढाई गरिरहेको बताए । उनको पसलबाट अवैध गर्भवतन गर्ने औषधिहरु र चिकीत्सकको सल्लाह बिना विक्री वितरण गर्न नपाउने औषधि बरामत गरि इलाका प्रहरी कार्यालय नष्ट गर्नका लागी बुझाएको जिल्ला प्रशासन कार्यालय सहायक प्रमुख जिल्ला अधिकारी शंकर बोहराले बताए ।

अनुगमन टिमले पाटन ६ बजारमै रहेको ओम कान्तिपुर डेन्टल केयर नामको दत्त क्लिनीक शिल गरेको छ । दर्ता बिना र दत्त क्लिनीको मापदण्ड विपरित सञ्चालनमा रहेको दत्त क्लिनीक शिल गरिएको पाटन नगरपालिका स्वास्थ्य शाखा प्रमुख मदनसिह महाराले बताए । नगरपालिकाकै नजिक उनले १ महिनाबाट दन्त क्लिनिकका नाममा जनताको स्वास्थ्य माथि खेलवाड गरिरहेका पाइएको छ ।

स्वास्थ्य क्लिनिकहरु स्थानीय तहको सिफारिसमा स्वास्थ्य कार्यालयमा दर्ता गर्नु पर्ने व्यवस्था छ । त्यसका लागि भौतीक संरचनाहरुको समेत विवरण नियममा खुलाएको छ । पछिल्लो बैतडीमा अवैध क्लिनिक बन्द गर्न स्वास्थ्य कार्यालय र जिल्ला प्रशासन कडा अनुगमनमा रहेका छन् ।

 

बैतडीको पाटनमा दुई अवैध क्लिनीक सिल, अनाधिकृत औषधी बरामत

 

प्रतिक्रिया