बैतडी : बैतडीमा ३ वर्षको अवधिमा भिरबाट लडेर ३२ जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार ३ वर्षको अवधिमा ३२ जनाको भिरबाट लडेर ज्यान गएको हो ।
३ वर्षको अवधिमा बैतडीमा भिरबाट लडेर ३२ जनाले ज्यान गुमाएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रक्ता प्रहरी निरीक्षक लोक राज जोशीले जानकारी दिए । विभिन्न सयममा भिरबाट लडेर ३ वर्षको अवधिमा १५ जना पुरुष, १४ महिला, २ जना बालिका र १ बालकको भिरबाट लडेर ज्यान गएको उनले बताए ।
प्रहरीका अनुसार भिरबाट लडेर आर्थिक वर्ष २०७७/७८ मा ३ महिला, २ पुरुष,७८/७९ मा ३ महिला ४ पुरुष, १ बालिकाको ज्यान गएको छ । यस्तै गर्त आर्थिक वर्ष २०७९/८०मा जिल्लामा ९ पुरुष ८ महिला, १ बालक र १ बालिकाको भिरबाट लडेर ज्यान गएको प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
बैतडीका अधिकांश महिलाहरु गाइवस्तुका लागि घाँस र खर काट्न भिरभएका खरफागला जाने गरेका कारण लडेर ज्यान गुमाउने गरेका छन् । यस्तै कतिपय ठाउँम साँघुरा बाटाहरुमा आवातजावत गर्दा नागरिकहरुले अकालमै ज्यान गुमाउनु पर्ने बाध्यता रहेको छ ।
प्रतिक्रिया