२०८१ माघ २४ गते बिहिबार
ट्रेन्डिङ

दार्चुलामा लागुऔषध चरेशसहित दुईजना पक्राउ

SansherOnline SansherOnline
सोमबार २२, साउन २०८० ०९:२२
दार्चुलामा लागुऔषध चरेशसहित दुईजना पक्राउ

दार्चुला : दार्चुलामा लागुऔषध चरेशसहित दुईजना पक्राउ परेका छन् । जिल्लाको शैल्यशिखर नगरपालिका ३ कर्कलेबाट ६ केजी १ सय ग्राम चरेशसहित महाकाली नगरपालिका ४ का ६६ बर्षीय मानसिंह ठगुन्ना र नौगाड गाउँपालिका ४ सिप्टीका ७० बर्षीय गौरसिंह ठगुन्ना पक्राउ परेका हुन् । 

इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरी गस्ती टोलीले दुवै जनालाई सोमबार बिहान १ बजेतिर पक्राउ गरेको हो । 

प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा दुवै जनाले बोकेको झोलमा प्लास्टिकभित्र लुकाइ राखेको अवस्थामा चरेश बरामद गरिएको हो । पक्राउ परेका दुवैजनामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया