२०८१ माघ २४ गते बिहिबार
ट्रेन्डिङ

बैतडीको खोडपेमा बेवारिसे अवस्थामा सुन फेला

SansherOnline SansherOnline
आइतबार २१, साउन २०८० १०:३२
बैतडीको खोडपेमा  बेवारिसे अवस्थामा सुन फेला

बैतडी : बैतडीको पाटन नगरपालिका–८ खोडपेमा बेवारिसे अवस्थाको सुन फेला परको छ। काठमाण्डौबाट दार्चुलाका लागि आइरहेको सुपप्र ०२००१ ख १३०१ नम्बरको बसबाट छाडिएको केहि सामाग्रीमा सुन आइतबार बिहान फेला परेको हो । खोडपे प्रहरी चौकीको इन्ट्री पोष्टमा बसका स्टाफहरुले सामान छोडेको र उक्त सामानमा सुन फेला परेको प्रहरीले जनाएको छ ।

पाटन–८ का एक स्थानीयका आफन्तले काठामाण्डौबाट औषधी पठाएको बुझिएको छ । त्यो औषधी भनिएको वस्तु मध्येको एक प्याकेट खोलेर हेर्दा सुन भेटिएपछि इन्ट्री पोष्टमै राखेका थिए । प्रहरीलाई संका लागेपछि बरामत गरेर सुरक्षीत राखेको छ । 

इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरिक्षक कमल प्रशाद चौधरीको नेतृत्वमा खटिएको टोलीले सुन बरामत गर्दै इलाका प्रहरी कार्यालय पाटनमा लगिएको हो । 

८३ ग्राम ५२० मिलिग्राम ९करिब ७ तोला अढाइ आना० परिमाणको सुन भेटिएको र बिल समेत नरहेको पाइएपछि बरामत गर्दै सुरक्षित राखिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरिक्षक कमल प्रशाद चौधरीले जानकारी दिए । बिना बिलको सुन भेटिएकाले संका लागेपछि बरामत गर्दै सुरक्षित राखिएको उनले बताए । 

सुन भेटिएको प्याकेटमा बिल नभेटिएको हुनाले वैधानिकता माथि संका गरिएको छ । यद्यपी दार्चुलाबाट एक व्यापारीले सुन आफ्नो रहेको र यसको बिल समेत रहेको बताएको पनि प्रहरीले बताएको छ । तर सुनसँगै बिल नभएको र फोनबाटै बिल रहेको जानकारी मात्रै गराएको हुनाले संकास्पद मानिएको छ । यद्यपी प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया