बैतडी: बैतडीको पाटन नगरपालिकाले नगरभित्रका हरेक विद्यालयमा सुपरिवेक्षण तथा अन्तरक्रिया कार्यक्रम गरिरहे को छ। सोही क्रममा आज सरस्वती माध्यमिक विद्यालय सल्लेबासाले सिकाइ उपलब्धि परिक्षण गरेको छ । पाटन नगरपालिकाका शिक्षा शाखा प्रतिनिधी बिर्खराज भट्टले कक्षागत सिकाइ उपलब्धि परिक्षण गरेको विद्यालय स्रोतले जनाएको छ ।
सरस्वती माध्यमिक विद्यालय सल्लेबासामा सिकाइ उपलब्धि परिक्षण तथा अन्तरक्रिया
पाटनको दुर्गम क्षेत्रमा रहेको सरस्वती माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको लागि शिक्षक, शिक्षक अविभावक संघका पदाधिकारी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुको आथित्यमा सिकाइ उपलब्धि परिक्षण गरिएको विद्यालय व्यवसथापन समितिका अध्यक्ष धर्म राज भट्टले बताए । विगतका वर्ष २०७९ को एसर्ईई परीक्षाको नतिजा खासै सन्तोषजनक नआएको हुँदा गुणस्तरमा सुधार गर्नुपर्ने अध्यक्षले बताए।
नतिजा विश्लेषणबाट विद्यार्थीहरुमा देखिएको कमिकमजोरी पहिल्याई सिकाई सुधारतर्फ जाने अपेक्षा गरिएको छ । पाठ्यक्रममा आधारित मूल्याकंनका साधन प्रयोग गर्दै विद्यार्थीहरुको सिकाइ उपलब्धिको मूल्याकंन गरिएको र सिकाईमा कमजोर भएका बालबालिकाहरुको सिकाईमा सुधार गर्नका लागि विषयगत शिक्षक हरुले कक्षा कोठामै प्रतिवद्धता लिएको पाटन नगरपालिका शिक्षा शाखा प्रतिनिधी बिर्खराज भट्टले बताए ।
साथै हरेक शिक्षकले शिक्षक निर्देशिका प्रयोग गरि कक्षा शिक्षण, प्रत्येक्ष कक्षामा बुक कर्नर, ५० मिनेटको प्रति पिरियड हुनुपर्ने, विद्यार्थीलाइ गृहकार्य दिदा कम्तिमा १५ र २० मिनेटको हुनुपर्ने, सिकाइ उपलब्धि चार्टिङ गर्नुपर्ने र विद्यालयका प्रधानाध्यापकले सकभर हरेक शिक्षको समय मिलाएर कक्षा अवलोकन गर्न समेत उहाँले निर्देशन दिनुभयो ।
विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न हर कार्य गर्नमा आफु पछि नहट्नुका साथै सकभर दुई दुई महिनामा पाटन नगरपालिका १० नम्बर वडा भित्रका विद्यालयमा सुपरिवेक्षण तथा अन्तरक्रिया कार्यक्रम गरि शिक्षा क्षेत्रमा व्यापक सुधार गर्ने प्रतिवद्धता समेत वार्ड अध्यक्ष धन बहादुर कुँवरले उक्त अन्तरक्रिया कार्यक्रममार्फत बताए।
बैतडीको पाटन नगरपालिकाले नगरभित्रका हरेक विद्यालयमा सुपरिवेक्षण तथा अन्तरक्रिया कार्यक्रम गरिरहेको छ । सोही क्रममा आज सरस्वती माध्यमिक विद्यालय सल्लेबासाले सिकाइ उपलब्धि परिक्षण गरेको छ । पाटन नगरपालिकाका शिक्षा शाखा प्रतिनिधी बिर्खराज भट्टले कक्षागत सिकाइ उपलब्धि परिक्षण गरेको विद्यालय स्रोतले जनाएको छ ।
पाटनको दुर्गम क्षेत्रमा रहेको सरस्वती माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको लागि शिक्षक र अविभावक संघका पदाधिकारी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुको आथित्यमा सिकाइ उपलब्धि परिक्षण गरिएको विद्यालय व्यवसथापन समितिका अध्यक्ष धर्म राज भट्टले बताए । विगतका वर्ष २०७९ को एसर्ईई परीक्षाको नतिजा खासै सन्तोषजनक नआएको हुँदा गुणस्तरमा सुधार गर्नुपर्ने अध्यक्षले बताए।
कक्षा १२ सम्म पठनपाठन भइरहेको विद्यालयमा श्रावण महिनाको २४ गते देखि प्रथम त्रैमासिक परिक्षा गरि वार्षिक शैक्षिक क्यालेन्डर अनुसार भाद्र महिनाको ४ गते शिक्षक अभिभाक संघ तथा सरोकारवालाहरु संग त्रैमासिक परीक्षाको समिक्षा तथा अभिभावक अन्तरक्रिया राखिने समेत भट्टले बताए ।
प्रतिक्रिया