२०८१ माघ २४ गते बिहिबार
ट्रेन्डिङ

बैतडीको सिगासकी एक महिलामा डेंगु संक्रमण

SansherOnline SansherOnline
मङ्गलबार १६, साउन २०८० ०६:५३
बैतडीको सिगासकी एक महिलामा डेंगु  संक्रमण

बैतडी : बैतडीको सिगास गाउँपालिकाकी एक महिलामा डेंगु संक्रमण पुष्टि भएको छ । सिगास गाउँपालिका ६ थालाकाँडीका ३४ बर्षीया महिलामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । 

ज्वरो आएपछि शिवलिंग स्वास्थ्यचौकीमा उपचारका लागि पुगेकी महिलाको रगत परीक्षण गर्दा डेंगु संक्रमण पुष्टि भएको हो । जिल्लामा यो बर्ष पहिलो पटक ती महिलामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य प्रमुख भट्टले बताए । 

एडीस जातको पोथी लामखुट्टेको टोकाइबाट डेंगु संक्रमण हुने भएकाले लामखुट्टेको टोकाइबाट बच्नुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् । 

लामखुट्टे हुन नदिनका लागि आफ्ना वरीपरी भएका पानी जम्ने खाल्डाखुल्डी पुर्नुपर्ने र पानी भरेका ड्रमहरु बेलाबेलामा सफा गर्नुपर्ने स्वास्थ्य प्रमुख भट्टले बताए । बर्षातको समयमा लामखुट्टे बढी उत्पादन हुने भएकाले यो समयमा बिशेष ध्यान दिनुपर्नेमा उनले जोड दिए । 

डेंगु भएमा उच्च ज्वरो आउने, टाउको दुख्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, खान मन नलाग्ने, शरीरमा बिमिरा आउने लगायतका लक्षण देखा पर्ने हुन्छ । यस्ता लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा गएर चेकजाँच गराउन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् । 
 

प्रतिक्रिया