२०८१ माघ २४ गते बिहिबार
ट्रेन्डिङ

बैतडीमा भत्ता बुझेर घर फर्कने क्रममा एक बृद्ध बाटो मै अस्ताए

SansherOnline SansherOnline
मङ्गलबार १६, साउन २०८० ०४:२३
बैतडीमा भत्ता बुझेर घर फर्कने क्रममा एक बृद्ध बाटो मै अस्ताए

बैतडी :  बैतडीमा बृद्ध भत्ता बुझेर घर फर्किरहेका एक वृद्धको बाटोमै मृत्यु भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका ६ रोडी बस्ने ७१ वर्षीय धन सिंह भण्डारीको बृद्ध भत्ता बुझेर घर फर्किने क्रममा बाटोमै मृत्यु भएको पञ्चेश्वर गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष राम सिंह पुजाराले बताए । 

पञ्चेश्वर गाउँपालिकाको वडा नम्बर ३ स्थित कुलाउँको नविल बैंकबाट बृद्ध भत्ता बुझेर सोमबार घर फर्किएका भण्डारी साँझसम्म पनि घर नपुगेपछि परिवारले खोजि गरेका थिए । सोही क्रममा मंगलबार बिहान वडा नं ३ र ४ को सिमानामा  पर्ने गोगनपानी भन्ने स्थानमा  मृत अवस्थामा फेला परेको वडा अध्यक्ष पुजाराले जानकारि दिए । 

वडा नं ६ को  रोडीदवलबाट नविल बैंक रहेको स्थान कुलाउसम्म पुग्न करिब ५ घण्टाको पैदल दुरीमा रहेकोले वडाका नागरिकहरुलाइ समस्या हुने गरेको वडा अध्यक्ष पुजाराले बताए । 

मृत फेला परेका वृद्ध भण्डारीको टाउकोमा चोट लागेको अवस्थामा स्थानीयले शव  देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए ।
 

प्रतिक्रिया