बैतडी : बैतडीका एक युवकको भारतमा सवारी दुर्घटनामा परी मृत्यु भएको छ। सिगास गाउँपालिका वडा नं. ४ बिसौना घर भएका डम्बर सिह धामीको भारतको उँटीमा सवारी दुर्घटनामा परी मृत्यु भएको हो ।
केही महिना अघि मात्र रोजगारीको शिलशिलामा भारत गएका धामीको सवारी दुर्घटनामा परी हिजो अर्थात् ४ गते बिहिबार मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । मृतक युवककी श्रीमती र १ छोरी रहेका छन् ।
प्रतिक्रिया