बैतडी : बैतडीको सिगास गाउँपालिकाले गाउँपालिका क्षेत्राधिकार भित्र पर्ने सबै प्रकारका व्यापार व्यवसाय दर्ता गर्न र दर्ता भइसकेका व्यापार व्यवसाय लाइ नवीकरण गर्न आग्रह गरेको छ ।
गाउँपालिकाले एक सूचना प्रकाशित गर्दै भदौ महिना भित्र अनिवार्य रुपमा व्यवसाय दर्ता र नवीकरण गर्न आग्रह गरेको हो ।
गाउँपालिका भित्र रहेका खुद्रा पसल, किराना पसल, औषधि पसल, सिलाइ कटाइ पसल, मदिरा पसल, सप्लायर्सहरु, फर्म, उद्योग र समूह लगायतका सबै व्यवसाय दर्ता र नवीकरण गर्न गाउँपालिकाले सर्वसाधारण सबैमा अनुरोध गरेको छ ।
सूचनामा भनिएको छ समयमै दर्ता र नवीकरण नगरेमा गाउँपालिकाको आर्थिक ऐन, २०८० अनुसार प्रत्येक वर्ष जरिवाना थपिदै जाने जनाइएको छ ।
प्रतिक्रिया