२०८१ बैशाख १५ गते शनिबार
ट्रेन्डिङ

विषालु च्याउ खाँदा बैतडीमा एकै परिवारका ५ जना बिरामी

SansherOnline SansherOnline
बिहिबार ०४, साउन २०८० १०:५६
विषालु च्याउ खाँदा बैतडीमा एकै परिवारका ५ जना बिरामी

बैतडी: विषालु च्याउ खाँदा बैतडीमा एकै परिवारका पाँचजना बिरामी परेका छन् ।  जिल्लाको सुर्नया गाउँपालिका- ३ तडिगाउँको भट्ट परिवारका ५ जना सदस्य बिरामी परेका हुन्। 

बिरामी पर्नेमा ३५ वर्षका टेकराक भट्ट, वर्ष ३५ कै धौली भट्ट, १२ वर्षीय भुवन, १० वर्षीया शारदा र वर्ष ८ का डब्लु रहेका छन्।

उपचारका लागि डडेल्धुरा अस्पताल ल्याइएको छ। उनीहरुमध्ये शारदाबाहेक सबै बेहोस अवस्थामा रहेको अस्पताल प्रशासनले जनाएको छ। अहिले सबैको उपचार सुरु भएको छ।

प्रतिक्रिया