बैतडी : बैतडीमा एक अबैध क्लिनिक सिल गरिएको छ । सिगास गाउँपालिका –२ स्थित गाँजरी बजारमा अवैध रुपमा सञ्चालनमा रहेको क्लिनिक सिल गरिएको हो । गाँजरि बजारमा रहेको अनिरुद्र सिगास क्लिनिक सिल गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको नतृत्वमा गरिएको छड्के अनुगमनमा अवैध रुपमा मेडिकल सञ्चालन गरिरहेका ३३ वर्षीय खेमराज अवस्थीलाई बिरामी जाँचिरहेका अवस्थामा पक्राउ गरिएको हो ।
मेडिकल सञ्चालक भनिएका अवस्थीलाई नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए । बिरामीहरूलाई स्लाइन चढाइरहेकै अवस्थामा उनलाई नियन्त्रणमा लिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रसाद भट्टले जानकारी दिए । अवस्थी सि.एम.ए. अनुतिर्ण भएका व्यक्ति हुन् ।
जिल्ला प्रशासन कार्यालय , स्वास्थ्य कार्यालय लगायतको संयुक्त टोलि अनुगमनमा जाँदा मापदण्ड विपरीत क्लिनिक सञ्चालन गरेको भेटिएपछि सिल गरिएको उनले बताए
प्रतिक्रिया