बैतडी : बैतडीको डिलासैनी गाउँपालिकामा नेपाल टेलिकमले टावर निमार्ण गर्ने थालेको छ । डिलासैनी गाउँपालिकाको वडा न ६ नेगाउँ चमकपुरमा संचारको पहुँच पुग्ने भएपछि त्यहाँका स्थानिय वासीन्दा हर्षित भएका छन ।
जनताको समस्यालार्इ मध्यनजर गर्दै दैनिक जनजीवन सहज गराउन डिलासैनी गाउँपालिकाको पहलमा नेपाल टेलिकमले टावर निर्माणको काम अगाडी बढाए पछी त्यहाँका जनता संचारको पहुचमा जोडिने भएका हुन। टावरको काम सुरु हुन लागे सँगै स्थानीय पनि खुशी भएका छन् ।टेलिकमले टावर निमार्ण कार्य सुरु गरेको गाउँपालिका अध्यक्ष सन्तोष जोशीले बताए ।
प्रतिक्रिया