२०८१ जेठ ०४ गते शुक्रबार
ट्रेन्डिङ

डिलासैनीले आफ्नै गान, निशान छाप र नारा बनाउने

SansherOnline SansherOnline
बिहिबार ०४, साउन २०८० ०१:२३
डिलासैनीले आफ्नै गान, निशान छाप र नारा बनाउने

बैतडी : बैतडीको डिलासैनी गाउँपालिकाले आफ्नौ गान, निशान छाप र नारा बनाउने भएको छ । स्थानीय सरकार संचालन ऐन दिएको अधिकार अनुसार गाउँपालिकाले गान, निशान छाप र नारा रचना गर्न एक सूचना नै जारी गरेको छ ।

गाउँपालिकाको विशिष्ट पहिचान मौलीक पहिचान झल्कीने गरी पालिका गान, निशान छाप र नारा रचना गर्न ३० दिने सूचना जारी गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेश सिह बोहराले बताए ।

 ‘सूचना अनुसार योग्य कलाकारहरुले आ-आफ्नो रचना र निशास छापको नमुना ३० दिन भित्र कार्यालयमा पुग्ने गरी पठाउन अनुरोध गरेका छौ।’
उत्कृष्ट रचनाकारलाई गाउँपालिकाको पुरस्कारको व्यवस्था गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत बोहराले बताए ।

प्रतिक्रिया