२०८१ जेठ ०४ गते शुक्रबार
ट्रेन्डिङ

एकीकृत समाजवादीको सचिवालय बैठक सुरु

SansherOnline SansherOnline
बिहिबार ०४, साउन २०८० ११:२५
एकीकृत समाजवादीको सचिवालय बैठक सुरु

काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ । 

कीर्तिपुरको चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा सुरु भएको आजको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले सदस्यहरुले राखेका जिज्ञासाको जवाफ दिनुहुने तथा वर्तमान परिस्थिति र हाम्रो कार्यभारको एजेण्डामा विचार राख्नु हुने सो पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । 

बैठकमा सङ्गठन सुदृढीकरण विशेष अभियानको जानकारी, वर्तमान परिस्थिति र हाम्रा कार्यभार, आगामी कामको विस्तृत योजना, कार्यविभाजन, कमिटीमा समायोजन तथा थपघट, जनसङ्गठन युवा र विद्यार्थी, विभागको कामको व्यवस्थापन, सरकार र संसद्लाई कसरी प्रभावकारी बनाउने, कमिटीमा वरीयताको विषय, महाधिवेसनको व्यवस्था, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीका बैठकका एजेण्डामा छलफल हुने उहाँले बताउनुभयो ।  रासस

प्रतिक्रिया