२०८१ जेठ ०४ गते शुक्रबार
ट्रेन्डिङ

अबको ३ दिन पानी पर्ने सम्भावना कम

SansherOnline SansherOnline
बिहिबार ०४, साउन २०८० ०९:३४
अबको ३ दिन पानी पर्ने सम्भावना कम

काठमाडौं: आज (बिहीबार) बिहानैदेखि देशका धेरै स्थानमा घाम लागेको मौसमविद्ले बताएका छन्। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलको अनुसार बिहान सुदूरपश्चिम, लुम्बिनी र बागमती प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भए पनि अहिले रोकिएको छ। 

मौसम महाशाखाका अनुसार दिउँसो देशका पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

मौदमविदका अनुसार अब दुई/तीन ठूलो वर्षाको सम्भावना छैन। ।तर साँझपख बादल बढ्ने र क्षणिक खालको वर्षा हुने बताइएको छ।

यस्तै राति कोशी प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी भूभागका  एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

प्रतिक्रिया