२०८१ जेठ ०४ गते शुक्रबार
ट्रेन्डिङ

कुशलको अलराउन्ड प्रदर्शनमा नेपालको जित

SansherOnline SansherOnline
बुधबार ०३, साउन २०८० ०६:११
कुशलको अलराउन्ड प्रदर्शनमा नेपालको जित

काठमाडौँ : एसीसी पुरुष इमर्जिङ टिम्स कप क्रिकेटमा नेपालले सान्त्वना जित हात पारेको छ । समूह चरणको अन्तिम खेलमा नेपालले युएई ‘ए’ लाई ३ विकेटले हराएको हो ।

श्रीलङ्काको  कोलम्बोमा टस जितेर ब्याटिङ गरेको युएई 'ए'ले दिएको १५८ रनको लक्ष्य नेपालले २३ औँ ओभरमा ७ विकेट गुमाएर भेट्टाएको हो ।

नेपालका कुशल भुर्तेलले सर्वाधिक ७१ रन बनाउनुभयो । उहाँले ४३ बलमा ९ चौका र ४ छक्का प्रहार गर्नुभयो । यस्तै, देव खनाल र सन्दीप जोराले २४/२४ रन बनाउनुभयो ।

युएईले ४४ ओभरमा अल आउट हुँदै १५७ रन बनाएको थियो । यूएईका लभप्रीत सिंहले सर्वाधिक ५२ रन बनाउनुभयो । नेपालका कुशल भुर्तेलले छ विकेट लिनुभयो । उहाँले १० ओभरमा ४० रन खर्चँदै ६ विकेट लिनुभयो ।

यस्तै मौसम ढकालले २ तथा कुशल मल्ल र पवन सर्राफले १/१ विकेट लिनुभयो । नेपाल यसअघि भारत ‘ए’ र पाकिस्तान ‘ए’ सँग पराजित भएसँगै प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ ।

प्रतिक्रिया