बैतडी : पञ्चेश्वर गाउँपालिकाको पञ्चेश्वर स्वास्थ्य चौकी हताभित्र मध्यपान गर्नेलाई पाँचहजार सम्म जरिवाना गरिने भएको छ ।
स्वास्थ्य चौकी व्यवस्थापन समितिको बैठकले स्वास्थ्य चौकी हताभित्र मध्यपान गर्नेलाई एक हजार देखि पाँच हजार सम्म जरिवना गरिने निर्णय गरेको पञ्चेश्वर स्वास्थ्य चौकी प्रमुख सुरेस सार्कीले बताउनु भयो ।
पहिलो पटक लाई एक हजार, दोस्रो पटकलाई दुई हजार ५०० र तेस्रो पटकलाई ५ हजार जरिवाना गरिने भएको छ । यस्तै बैठकले संस्थाको हताभित्र धुम्रपान र सूतिजन्य पदार्थ सेवन गर्नेलाई संस्था बाहिर निकाल्ने वा सय रुपयाँ जरिवाना गर्ने निर्णय समेत गरेको छ ।
यस्तै आर्थिक वर्ष ०७९।८० को बार्षिक समिक्षाका साथै ०८०।८१ को कार्य योजना सम्बन्धि छलफल समेत गरेको स्वास्थ्य चौकीले जनाएको छ ।
प्रतिक्रिया