बैतडी : दोगडाकेदार गाउँपालिका र पाटन नगरपालिकाको दुई स्कुलमा नेपाली सेनाले एनसीसी तालिम संचालन गरेको छ । हनुमानधोज गुल्म बैतडीको सहयोगमा दोगडाकेदारको सनातनधर्म र पाटनको कृष्ण माविमा सेनाले तालिम संचालन गरेको हो ।
विद्यार्थीहरुलाई राष्ट्रियताको भावना जगेर्नाको साथै आत्मरक्षा र अनुसासन सिकाउने उद्देश्यले तालिमको आयोजना गरिएको हनुमानधोज गुल्म बैतडीका सेनानी प्रहलाद थापाले बताउनु भयो ।
तालिममा कक्षा ८ देखि १० सम्मका दुईटै विद्यालयका ३६ छात्र र ३६ छात्रा गरि ७२ विद्यार्थी सहभागी छन् । तालिममा अनुसासनका कुरा, राष्ट्रप्रेम सम्वन्धि कुरा, विपद व्यवस्थापन सम्बन्धिका कुरा आत्मरक्षा सम्बन्धि तालिम दिइने छ ।
बैतडीमा प्रत्येक बर्ष सेनाले विद्यार्थीहरुलाई एनसीसी तालिम प्रदान गर्दै आइरहेको छ । जुनियर डिभिजन अन्तरगतको यो तालिम सयदिन सम्म चल्ने गुल्मले जनाएको छ ।
प्रतिक्रिया