२०८१ माघ २४ गते बिहिबार
ट्रेन्डिङ

दार्चुलाको शैल्यशिखरले गाडी मर्मतको चक्करमै ४५ लाख नास

SansherOnline SansherOnline
सोमबार ०१, साउन २०८० ०६:४९
दार्चुलाको शैल्यशिखरले गाडी मर्मतको चक्करमै ४५ लाख नास

बैतडी : दार्चुलाको शैल्यशिखर नगरपालिकाले सवारीसाधन लगायत अन्य मर्मतमै ४५ लाख सकेको छ । चालु आर्थिक बर्षमा सवारी साधन मर्मतमा २० लाख बजेट विनियोजित गरेको थियो ।

सवारी साधन मर्मतमा २५ लाख र अन्य उपकरण मर्मतमा २० लाख बजेट खर्च भएको नगरपालिकाका सूचना अधिकारी मनोरथ जोशीले बताउनु भयो । यस्तै नगरपालिकाले विभिन्न तालिम गोष्टीमा २५ लाख ८५ हजार बजेट सकेको छ ।

नगरपालिकाले ईन्धनमा पनि बजेट भन्दा बढि खर्च गरेको छ । ईन्धनमा मात्र ४० लाख बजेट खर्च गरेको छ । कार्यालयको दुई गाडी र २५ मोटरसाईकलमा मात्रै १५ लाखको ईन्धन प्रयोग भएको छ । 

थप अन्य ईन्धन खर्च भनेर ५ लाख सकेको छ भने सडक मर्मतको नाममा २० लाखको ईन्धन खर्च गरेको सुचना अधिकारी जोशीले बताउनु भयो । नगरपालिकाले मसलन्द तथा फर्निचर खरिदमा पनि ३५ लाख खर्च सकेको छ । 

प्रतिक्रिया