बैतडी : बैतडीको पाटन नगरपालिका ९ मा रहेको नमुना विकासमा छनौट भएको ज्ञानेश्वर माध्यमिक विद्यालयको भौतिक पूर्वाधार निर्माणको लागि आएको बजेट काम गर्न नसकेर फ्रीज भएको छ । रकम फ्रीज गएपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायतका सरोकारवलाहरुले समाजिक संजालमा विभिन्न टिकाटिप्णी गरेका छन् ।
विद्यालयले चालु वर्षको एक करोडको काम नगरी भुक्तानी मागेको र नगरपालिकाले सो रकम नदिएपछि समाजिक संजाल तातेको देखिन्छ । गत बर्षकै पेस्की रकमको पनि काम नगरी विनाविल भर्पाइ स्कुलको खातामा चालु बर्षको रकम निकासा माग गर्दा निकासा नदिएपछि फेसवुक तातेको देखिन्छ ।
विद्यालय व्यवस्थापन समिति अध्यक्षले गत वर्ष काम नगर्दा पनि पुरै बजेट खातामा हालिदिने यो वर्ष काम अन्तिम चरणमा पुग्दा पैसा फ्रीज गरीदिने ठेकेदारलाई त दिनु पर्छ यसको जिम्मा लेखापाल वा कार्यपालिका कसले लिने भनेर आफ्नो फेसवुकमा लेखेका छन् ।
उनले लेखापाल भवानी भट्टलाई पूर्वाग्रहिको आरोप समेत लगाएका छन् । बजेट फ्रीज गराउनेतिर लेखापाल जाँदा सिंगो कार्यापालिकाले किन जिम्मेवारी लिएन त्यो एक करोडको दायित्व त नगरपालिकाले अवस्य लिनु पर्ला विद्यालय त सबैको हो अध्यक्ष विष्टले लेखेका छन् ।
लेखापाल भट्टले पनि आर्थिक बर्षको सुरुमै आएको बजेटको काम नगर्ने जिम्मेवार हुन्छकी असारलास्टमा आएर नियमविपरित खातामा रोक्का गर भन्ने जिम्मेवार हुन्छ भनेर अध्यक्ष विष्टलाई समाजिक संजालबाटै जवाफ फर्काएका छन् ।
चालु आ.ब मा विद्यालयको लागि एक करोडको भौतिक निर्माण र ५० लाख शैक्षिक भनी आएको बजेटमा शैक्षिक बजेट खर्चको फाईल पेस भएको र सोहि अनुसारको नगरपालिकाबाट भुक्तानी भएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन शर्माले बताउनु भयो । भौतिक निर्माणको कुनैपनि फाईल आफु संग नआएको अधिकृत शर्माले बताउनुभयो ।
गत बर्ष पनि ज्ञानेश्वरको लागि एक करोड रकम आएको थियो । विद्यालयले गत वर्षनै दुई करोड बराबरको भवन निर्माणको ठेक्का लगाएको थियो । गत बर्ष मन्त्रालयको परिपत्र अनुसार पुरै एक करोड रकम विद्यालयको खातामा पेस्की स्वरुप भुक्तानी गरिएको नगरपालिकाले जनाएको छ ।
गत वर्षको एक करोड बराबरको काम नै नगरी पेस्की फच्र्यौट नगरी विनाविल भर्पाइ चालु आर्थिक वर्षको एक करोड रकम भुक्तानी नगरेको लेखापाल भट्टले बताउनुभयो । उहाले भन्नुभयो, ‘म संग कुनै फाईल पनि आएन आएको फाईलको भुक्तानी भएकै हो, विना बिल- भपाईको कसरी भुक्तानी दिने’
चालु आवको भुक्तानी समयसम्म गत आवको पेस्कीकै ८५ लाख सम्मको निर्माणमात्र भएको सोहिअनुसारको विल उठाएको र चालु आंवको एक करोडको कुनै पनि काम नभएको नगरपालिकाका ईन्जिनियर मोहनदेव भट्टले बताउनुभयो ।
प्रतिक्रिया