२०८१ माघ २४ गते बिहिबार
ट्रेन्डिङ

बैतडीमा वर्षा र हावाहुरीले मकै बालीमा क्षति पुर्‍याएपछि किसान चिन्तित

SansherOnline SansherOnline
सोमबार ०१, साउन २०८० ०१:११
बैतडीमा वर्षा र हावाहुरीले मकै बालीमा क्षति पुर्‍याएपछि किसान चिन्तित

बैतडी : बैतडीका विभिन्न क्षेत्रहरुमा हावाहुरी र बर्षाले मकैबालीमा क्षति पुगेको छ । बैतडीका अधिकांश ठाँउहरुमा मकै बालीमा क्षति पुर्‍याएपछि यहाँका स्थानीय किसानहरु चिन्तित बनेक छन्।

घोगा लाग्ने बेला मकै बोट हावाहुरीले ढलेपछि किसानहरु चिन्तित बनेका हुन् ।किसानहरुले मेहनत गरेर लगाएको मकै घोगा लाग्ने बेला सबै हावाहुरीले नष्ट गरेपछि चिन्ता बढेको बैतडी दोगडाकेदार गाउँपालिकाका वडा नम्बर ८ कालागाउँ पितरकाडा स्थानीय किसान बिरेन्द्र बिष्टले बताएका छन् ।

मकैबाली ढलेर नष्ट भएपछि आफूहरुलाई निकै समस्या भएको अर्का स्थानीय किसान नरबहादुर बिष्टले बताए ।बर्षा नहुँदा सम्म किराले मकैबालीमा क्षति पुर्याएको र बर्षापछि मकै ढलेर झन् क्षति पुर्‍याएको उनले बताए । मकैका बोट ढलेपछी हामीलाई निकै समस्या भएको उनी बताउछन् ।घोगा लाग्ने बेला ढलेर मकैमा क्षति पुगेको छ’, ‘जसले गर्दा उत्पादन पनि कमी हुने र भोकमरी हुने देखिएको छ ।’

हावाहुरी र वर्षाको प्रभावका साथै जंगली बदेलहरु सुंगुर, दुम्सी,स्याल बादरहरुले समेत प्रत्येक वर्ष मकैबालीमा व्यापक क्षति पुर्‍याउने गरेका छन्।बैतडीमा १४ हजार ५ सय हेक्टर क्षेत्रफल जमिनमा मकै खेती गरिँदै आएको भएपनि विभिन्न कारणले मकैबालीमा क्षति हुने गरेको छ ।

मकै उत्पादनका हिसाबले जिल्लामा राम्रो उत्पादन हुने गरेकोमा विभिन्न कारणले उत्पादनमा ह्रास आउने गरेको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ ।पछिल्लो दुई तीन बर्ष यता मकैमा फौंजी किराले नोक्सानी पुर्याउने गरेको र घोगा लाग्ने समयमा जंगली जनावरबाट समेत मकै जोगाउन निकै मुस्किल हुने गरेको स्थानीय किसानहरुले बताउछन् । बाली बिमा नहुँदा किसानले क्षति भए पनि राहत पाउँदैनन्।

प्रतिक्रिया