२०८१ माघ २४ गते बिहिबार
ट्रेन्डिङ

थाहा पाउनु भो ? सिगासले सेवाग्राहिलाई निशुल्क फोटोकपी सेवा दिदै

SansherOnline SansherOnline
आइतबार ३१, असार २०८० ०७:३७
थाहा पाउनु भो ? सिगासले सेवाग्राहिलाई निशुल्क फोटोकपी सेवा दिदै

बैतडी : भगौलिक रुपमा बिकट मानिएको जिल्लाको सिगास गाउँपालिकाले सेवाग्राहिहरुलाई  निशुल्क फोटोकपी सेवादिदैँ आएको छ ।

र्यालय भित्र सेवालिन आएका सेवाग्राहिहरुको निशुल्क फोटोकपी गरिदिनुका साथै सेवा लिनकालागी नमिलेका कागजात समेत मिलाई दिने व्यवस्था रहेको छ ।

यसकोलागि कार्यालयले छुट्टै कर्मचारी र फाँटको व्यवस्थापन गरेको छ । सेवाग्राहिका कागजात हेर्ने आवस्यकता अनुसारका फोटोकपी गरिदिने र  सेवा सम्बन्धिको जानकारी र सहयोग गर्न कार्यालयले खरिदार स्तरको कर्मचारी र एक जना कार्यालय सहयोगी राखेकोे गाउँपालिका अध्यक्ष हरि सिह धामीले बताउनु भयो । 

अध्यक्ष धामीले भने ‘कुनै सेवाग्राहिले थाहा नपाएर बाहिर फोटोकपी गर्न जान्छन् हामीले सजिलोको लागि दर्ताचलानी तथा सोधपुछ कक्षको व्यवस्था मिलाएका छौँे’ । नमिलेका कागजात मिलाईृदएको र फोटोकपी भित्रै गरिदिने गरेको सिगास २ का स्थानीय जय सिह धामीले बताउनु भयो ।

उनले भन्नु भयो ‘केहि कागजात मिलेका थिएन ति कागजात मिलाईदियो बाकीरहेका फोटोकपी पनि भित्रै गरिदियो’ । जय सिहको जस्तै अर्का सेवाग्राहि कृष्ण धामीले पनि गाउँपालिकाले यो सुविधा दिइरहेको स्वीकारेका छन् ।

केहि दिनयता सिगास गाउँपालिका गर्जेको एक फोटोकपी पसलेले एक प्रति फोटोकपी गरेको सय रुपयाँ लिएको भन्ने कुराले समाजिक संजाल तातेको थियो । तर गाउँपालिकाले भने पसले संग बुझेको र पसलेले फोटोकपीको नभएर ए फोर साईज फोटो निकालेको सय रुपयाँ लिएको बताए ।

प्रतिक्रिया