२०८१ माघ २४ गते बिहिबार
ट्रेन्डिङ

नमुना शहर पाटनमा रहेको बसपार्क करोडौँ रकम खर्च ,वर्ष हुँदा पनि काम टलाटुली

SansherOnline SansherOnline
आइतबार ३१, असार २०८० ०४:३९
नमुना शहर पाटनमा रहेको बसपार्क करोडौँ रकम खर्च ,वर्ष हुँदा पनि काम टलाटुली

बैतडी : देसको दशौँ नमुना शहर बैतडीको पाटनमा रहेको बसपार्क प्रयोगमा आउन सकेको छैन् । करोडौँ रकम खर्च गरिसकेको यो बसपार्क आठ वर्ष हुँदा पनि निर्माणकै क्रममा रहेको छ । 

नयाँ शहर आयोजना पाटन अन्तरगत बन्दै गरेको यो बसपार्क डिपिआर भन्दा अली फरक बनिरहेको छ । डिपीआर अनुसारको बजेट नआएपछि कार्यालयले बजेट अनुसारको ठेक्का लगाएको थियो ।

थिबाट आएको पटके बजेट अनुसार कामपनि त्यसै अनुसारको भइरहेको नयाँ शहर आयोजना पाटनका कार्यालय प्रमुख तुल्सीराम खरभुजाले बताउनु भयो ।

कहिले वाल निर्माण, कहिले आरसिसी, कहिले शैचालय, कहिले वस आउनेजाने बाटो र कहिले टिकट काउन्टरको नाममा आएको पटके बजेटले बसपार्कमा टलाटुलीको काम जस्तै भइरहेको छ । 

अहिले सम्म यो बसपार्कमा दुई करोड भन्दा पनि बढी बजेट खर्च भइसकेको कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७२।७३ सालदेखि सुरु भएको बसपार्कको काम कुनै वर्ष केहि कुनै वर्ष केहि निर्माण गर्दै आठ वर्ष हुँदा सम्म पनि सम्पन्न गरि बस जीप राख्न सकेको छैन् ।


चालु अर्थिक वर्षमा पनि टिकट काउन्टर र बसपार्क भित्र बाहिर जाने बाटो निर्माणको काम भइरहेको नयाँ शहर आयोजनाका ईन्जिनियर रोहित भण्डारीले बताउनु भयो । 

बसपार्कको क्षमता दश ठुलो गाडी र आठ सानो गाडी राख्ने रहेको छ । चालु आर्थिक वर्षमा कार्यालयको लागी आएको बजेटको ८० प्रतिशत भौतिक प्रगती भएको कार्यालय प्रमुख खरभुजाले बताउनुभयो ।

 

प्रतिक्रिया