२०८१ बैशाख १६ गते आइतबार
ट्रेन्डिङ

जिल्ला अस्पताल बैतडी र स्वास्थ्य कार्यालयको वार्षिक सम्पादित कार्यक्रमबारे अन्तरकृया

SansherOnline SansherOnline
शनिबार ३०, असार २०८० १०:५५
जिल्ला अस्पताल बैतडी र स्वास्थ्य कार्यालयको वार्षिक सम्पादित कार्यक्रमबारे अन्तरकृया

बैतडी : जिल्ला अस्पताल बैतडी र स्वास्थ्य कार्यालय बैतडीले आर्थिक वर्ष २०७९।८० मा सम्पादित कार्यक्रमबारे संचारकर्मीहरु संग अन्तरकृया गरेको छ । 

वर्षभरि प्राप्त बजेट र कार्यक्रमबारे अस्पतालले र स्वास्थ्यले कुन शिर्षकमा कती खर्च भयो, खर्च अनुसारको कार्यक्रम केकती प्रभावकारी भयो, र कार्यालयले केकस्तो सेवा दिइरहेको छ र  अगामीदिनमा के गर्दा जिल्लाको स्वास्थ्य सेवा अझै प्रभावकारी रहन्छ भन्नेबारे अन्तरकृया गरेको हो ।

जिल्ला अस्पतालले विभिन्न कार्यक्रम र सेवासुविधाको लागि ९ करोड १४ लाख ७० हजार ८७२ रुपयाँ बजेट प्राप्त गरेको थियो जसमा ९८ प्रतिशत वित्तिय प्रगती भएको अस्पतालले जनाएको छ ।

जिल्ला अस्पतालले बढि शुल्कलिदै छ भन्ने जनताको गुनासोको विषयमा प्रदेसभित्रका पाहाडी जिल्लाका जिल्ला अस्पतालको तुलनामा र गतविगतका वर्षको तुलनामा कम शुल्कलिदै आएको अस्पतालका मेसु डा दिपेस श्रेष्ठले बताउनु भयो ।

डाक्टर श्रेष्ठले भन्नु भयो “डाक्टरहरुले विभिन्न रोगका विभिन्न लक्षणहरुका अधारमा रोग पहिचान गर्नका निम्ति विभिन्न जाँचगर्नुपर्ने हुँदा पनि सेवाग्राहिहरुलाई अनावस्यक जाँचगरेको लाग्न सक्छ” ।

यस्तै स्वास्थ्य कार्यालयले प्राप्त बजेट मध्ये संघिय सशर्त चालुगत तर्फको ९२ प्रतिशत, प्रदेस सरकारको चालुतर्फको ९३ दशमलव ७० प्रतिशत र प्रदेस सरकारको पूजीगततर्फको ९९ प्रतिशत खर्च भएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेस भट्टले जानकारी दिनु भयो । 

प्रतिक्रिया