२०८१ बैशाख २० गते बिहिबार
ट्रेन्डिङ

लम्पी स्किन रोग रोकथामका लागि १० लाख ३७ हजार डोज खोप आयात

SansherOnline SansherOnline
बिहिबार २८, असार २०८० ०९:५०
लम्पी स्किन रोग रोकथामका लागि १० लाख ३७ हजार डोज खोप आयात

काठमाण्डाै : पशुचौपायामा फैलिएको लम्पी स्किन रोग रोकथामका लागि अहिलेसम्म १० लाख ३७ हजार डोज खोप आयात भएको छ । आयातित खोपमध्ये २ लाख २२ हजार ७ सय ५१ पशुलाई लगाइएको पशु सेवा विभागले जनाएको छ ।

रोगको महामारी नियन्त्रण गर्नका लागि सरकारले निजी क्षेत्रलाई खोप आयातको स्वीकृति दिएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव डा.रामनन्दन तिवारीले बताउनुभएको छ । उहाँका अनुसार गाईभैँसीको खोपका लागि ०७९/८० मा खर्च गर्ने गरी महानगरपालिका र सङ्क्रमण नफैलिएका जिल्लाबाहेक हरेक पालिकामा महामारी नियन्त्रण गर्न सङ्घीय सःसर्त अनुदानअन्तर्गत १ लाख रुपैयाँका दरले रकम विनियोजन गरिएको छ । यो रकमबाट उपचार तथा खोप खरिद गर्न सबै पालिकालाई आग्रह गरेको डा.तिवारीले बताउनुभयो । लम्पी स्किन रोग नियन्त्रणमा सरकार गम्भीर नभएको भन्दै राहतको मागसहित किसानले आन्दोलन थालेका छन् ।

हिजो विभिन्न ६ बुँदे मागसहित पशु सेवा विभाग परिसरमा उनीहरुले धर्ना समेत दिएका थिए । लम्पी स्किन गाईभैँसीमा लाग्ने महामारी रोग हो । यो रोग लागेका पशुमा उच्च ज्वरो आउने, दाना पानी कम खाने, दूध उत्पादन घट्ने, छालामा गोलो गिर्खा र गाँठाहरू देखिन्छ । डा. तिवारीका अनुसार लम्पी रोग देखिनेबित्तिकै गाईभैँसीलाई बथानबाट छुट्याएर अलग्गै राख्नुपर्छ । ज्वरो आएको पशुलाई आराम गराउन र पानी तथा पोषणयुक्त खानेकुरा दिन पनि उहाँको आग्रह छ ।

पशु सेवा विभागको पछिल्लो विवरणअनुसार देशभर ७ लाख ६४ हजारभन्दा धेरै पशुचौपायामा यो रोग देखिएको छ । सङक्रमितमध्ये ४ लाख ९३ हजार पशु निको भएका छन् । झण्डै २७ हजार पशु मरेका छन् । अहिले २ लाख ४४ हजारभन्दा धेरै पशुमा रोगको सङ्क्रमण छ ।

समयमै उपचार, नियन्त्रण तथा रोकथाम गर्न नसके झण्डै २५ लाख पशुचौपायामा सङ्क्रमण फैलिने र एक लाख गाईभैँसी मर्ने नेपाल पशु चिकित्सा परिषद्को अनुमान

प्रतिक्रिया