२०८१ बैशाख २० गते बिहिबार
ट्रेन्डिङ

जिल्लाका कार्यालयहरुको वार्षिक समिक्षा, कागजी प्रगतिको प्रतिस्प्रधा

SansherOnline SansherOnline
बुधबार २७, असार २०८० १०:०७
जिल्लाका कार्यालयहरुको वार्षिक समिक्षा, कागजी प्रगतिको प्रतिस्प्रधा

बैतडी : जिल्ला समुन्वय समिति बैतडीको आयोजनामा आज (बुधबार) जिल्ला स्थित कार्यालय र स्थानीय तहको वार्षिक समिक्षा कार्यक्रममा यहाँका प्राय कार्यालयहरुले आफुले गरेका कामको प्रगतिको निकै राम्रो देखाएका छन् । जिल्लाका कार्यालय तथा स्थानीय तहहरुले प्रगतीको दाबी सहित प्रस्तुती गरेपनि व्यवहारिक रुपमा हेर्दा भने जिल्लामा प्रगती हुन सकेको छैन् । 

प्राय सबै क्षेत्रका कार्यालयहरुले कागजमा देखाए अनुसारको प्रगती व्यवहारिक रुपमा आउन सकेको छैन् । शिक्षा, स्वास्थ्य, पशु, वन, कृषि, सिँचाई, सडक, पुर्वाधार लगायतका कार्यालयहरुले काजमा देखाएको भौतिक प्रगति व्यवहारिक रुपमा नभएको स्थानीय महेश भट्टले बताउनुभयो । उहाँले भन्नुभयो ‘कागजमा मात्रै परिवर्तन देखिन्छ, व्यवहारिक रुपमा भने परिवर्तन हुन निकै कठीन छ ।’

यहाँका पालीकाहरुले पनि आफुले ८० प्रतिशतभन्दा बढी भौतिक र आर्थिक प्रगति गरेको तथ्याङ्क प्रस्तुत गरेका छन् तर यहाँका नागरिकहरुका आधारभूत समस्या समेत समाधान हुन सकेका छैनन् । यहाँका अधिकासं क्षेत्रमा अझै सम्म पनि नेपाल सरकारले निशुल्क भनेका औषधिहरु छैनन्, दशरथचन्द र सुर्नया गाउँपालिकाका प्राय खोपकेन्द्रहरु चौतारो र खुल्ला आकाशमुनी संचालन भएका छन्,  यातायातमा चर्को भाडाको मारमा यात्रु छन्, भएका सडकहरु पनि विपद् निम्त्याउने खालका छन्, शिक्षा क्षेत्र संकटको अवस्थामा छ, जसको प्रमाणका रुपमा केही दिन अगाडी सार्वजनिक भएको एसईईको नतिजालाई पनि लिन सकिन्छ । पशुहरु माहामारीको सिकार हुदाँ समेत प्रभावकारी उपचार हुन सकेको छैन्, कृषि क्षेत्रमा व्यवासायिक किशानहरुले सरकारबाट पाउने अनुदान पाएका छैनन् । 

जिल्ला समुन्वय समितिले गरेको अनुगमनका आधारमा दिईएको सुझाव समेत अधिकासं पालिकाहरुले मान्ने गरेका छैनन् । पालिकाहरुमा बेरुजुका चाङ छन्, वर्षमा एक पटक जिल्ला समुन्वय समितिले आयोजना गर्ने जिल्ला स्तरी समिक्षा कार्यक्रममा समेत अधिकासं पालिकाहरुले अर्तपुर्ण उपस्थिती गर्न सकेका छैनन् । जिल्ला समुन्वय समितिले प्रत्येक पालिकाको अनुगमन गरि सुझाव दिने गरेको भएपनि त्यसलाई पालिकाहरुले वेवास्ता गर्ने गरेको जिल्ला समुन्वय समिति प्रमुख खगेन्द्र सिंह धामीको भनाई छ । 

प्रतिक्रिया