२०८१ बैशाख २० गते बिहिबार
ट्रेन्डिङ

जिल्ला समन्वय डोटीको गाडी दुर्घटना ,एक जनाको मृत्यु, ३ जना घाइते

SansherOnline SansherOnline
बुधबार २७, असार २०८० ०९:१८
जिल्ला समन्वय डोटीको गाडी दुर्घटना ,एक जनाको मृत्यु, ३ जना घाइते

डोटी : डोटीमा सरकारी गाडी दुर्घटनामा हुँदा एक जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् । जिल्ला समन्वय इकाई कार्यालय डोटीको बा १ झ ९४३९ नम्बरको जिप बुधवार साँझ साढे ६ बजे दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार सायल जाँदै गरेको जिप आदर्श गाउँपालिका-२ मौवामा दुर्घटना हुँदा सोही गाउँपालिका वडा नम्बर १ कि ६५ बर्सिया हिरा खड्काको मृत्यु भएको छ । त्यस्तै आदर्श-१ का जिप चालक ४५ वर्षीय वीर बहादुर खड्का, आदर्श-२ का अन्दाजी ३६ वर्षीय रवीन्द्र सुनार र आदर्श १ का अन्दाजी ३२ वर्षीय टेक बहादुर तिरुवा घाइते भएका छन् ।

घाइतेहरूको मौवा स्वास्थ्य चौकीमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । अनियन्त्रित भएर दुर्घटना भएको गाडी सडकबाट ५ मिटर तल खसेको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया