२०८१ बैशाख २० गते बिहिबार
ट्रेन्डिङ

देउवाकै गृहजिल्लामा यस्तो, बाटोमै बच्चा जन्माउनु पर्ने अवस्था

SansherOnline SansherOnline
बुधबार २७, असार २०८० ०३:२९
देउवाकै गृहजिल्लामा यस्तो, बाटोमै बच्चा जन्माउनु पर्ने अवस्था

डडेल्धुरा : पाँच पटक प्रधानमन्त्री भएका पूर्व प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको परशुराममा एक महिलाले बीच बाटोमै शिशुलाई जन्म दिन बाध्य छन्। सडक र अस्पतालको पहुँच ग्रामीण भेगसम्म नहुनुले यहाँका महिला बाटोमै शिशुलाई जन्मदिन बाध्य भएका हुन्।

मंगलबार बेलुकी परशुराम नगरपालिका—८ जमरानीकी मिना लुहारलाई प्रसव पीडा सुरु भयो। प्रसव पीडा सुरु भएपछि उनलाई पिठ्युँमा बोकेर जोगबुढा अस्पताल लागि लागिएको थियो। तर, अस्पताल नपुग्दै उनले बाटोमै शिशुलाई जन्माएको स्थानीयले बताए।

मिनालाई अस्पताल लग्न एम्बुलेन्स त के स्टेचरसमेत नपाइएको स्थानीयको भनाइ छ। स्थानीयका अनुसार अस्पताल लग्दालग्दै मिनाले लामिगडाको जङ्गलमा राति करिब १० बजे शिशुलाई जन्म दिएकी थिइन्।

यो अवस्थाले स्थानिय सरकारको संरचना लागू ६ बर्ष पुगि सक्दा पनि स्थानिय सरकारले आफ्नो गर्नु पर्ने दायित्व भने पूरा नगरेको देखिन्छ ।

प्रतिक्रिया