बैतडी : बैतडीको मेलौली नगरपालिका ४ तितावैकी मुटुरोगी मिना ठगुन्नालाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहलमा आर्थिक सहयोग गरेको छ ।
ठगुन्नालाई रास्वपा मेलौली नगरसमितिको पहल विभिन्न व्यक्तिबाट संकलन गरेर उपचारका लागि सहयोग गरेको हो ।
मुटुरोग र कन्भर्जन डिसअर्डर समस्याबाट पीडित मिनालाई पाँचहजार नौ सय ५५ रुपैंया हस्तान्तर गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मेलौली नगरसभापति अर्जुन दत्त भट्टले जानकारी दिनुभयो ।
केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा प्रारम्भिक उपचार गरिरहनुभएकी मिनालाई उक्त रकम हस्तान्तरण गरिएको नगरसभापति भट्टले बताउनुभयो ।
मिनाको मेलौलीमा प्रारम्भिक उपचारपछि रेफर गर्ने तयारी रहेको छ ।
प्रतिक्रिया