२०८१ बैशाख २० गते बिहिबार
ट्रेन्डिङ

प्रधानमन्त्री पुष्पकमल दाहालकी धर्मपत्नी सीता दाहालको ६९ वर्षको उमेरमा निधन

SansherOnline SansherOnline
बुधबार २७, असार २०८० ०९:३७
प्रधानमन्त्री पुष्पकमल दाहालकी धर्मपत्नी सीता दाहालको ६९ वर्षको उमेरमा निधन

 प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको निधन भएको छ। आज (बुधबार) बिहान दाहालको निधन भएको हो।

आज विहान ८ बजेर ३३ मिनेटमा सीताको निधन भएको बताइएको छ। स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आज बिहान अस्पताल लगिएको थियो।

पारिवारिक स्रोतका अनुसार दाहालको नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो। दाहाल लामो समयदेखि बिरामी थिइन्। पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित सीता दाहाल लामो समयदेखि ओछ्यान परेकी थिइन्।

अस्पतालमा अहिले प्रधानमन्त्री दाहाल, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलगायत माओवादीका शीर्ष नेता छन्।

मृतक दाहालको पार्थिव शरीर श्रध्दाञ्जलीका लागि आज ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा राखिने र २ बजे पशुपति आर्याघाटमा अन्तिम संस्कार गरिने जनाइएको छ।

प्रतिक्रिया