बैतडी : बैतडीको सिगास गाउँपालिकाका अधिकांश सडक अवरुद्ध हुँदा पनि पालिकाले कुनै चासो नदेखाएको स्थानीयको आरोप छ ।
पालिकाको केन्द्र देखी गाउँ गाउँ जोड्ने विभिन्न सडक अवरुद्ध हुँदा पनि खासै चासो नदियको स्थानीयले गुनासो गरेका हुन् । गाउँपालिकाको वडा नम्बर २ गाँजरीका स्थानीय नमराज धामीले सडक ठाउँ ठाउँमा अवरुद्ध रहेको बताए ।
ठाउँ ठाउँमा सडक भत्किएर आवतजावतमा निकै समस्या भइरहँदा पनि सडक सुचारु गर्न पालिकाबाट कुनै सुरसार नभएको स्थानीयको गुनासो छ ।
वर्षा लागेपछि बर्सेनि यहाँका अधिकांश सडकमा सवारी साधन सञ्चालन गर्न कठिनाइ हुने भए पनि त्यसको समस्या समाधानका लागि कसैले पनि ठोस कदम नचालेको स्थानीयवासीले आरोप लगाए ।
प्रतिक्रिया