२०८१ बैशाख १६ गते आइतबार
ट्रेन्डिङ

यी हुन् एसईई मा शुन्य नतिजा ल्याउने सिगासका बिद्यालय (विवरण सहित)

SansherOnline SansherOnline
मङ्गलबार २६, असार २०८० ०७:१२
यी हुन् एसईई मा शुन्य नतिजा ल्याउने सिगासका बिद्यालय (विवरण सहित)

बैतडी : एसईईमा बैतडीको सिगास गाउँपालिकाका विद्यालयबाट सहभागी परिक्षार्थीले सन्तोषजनक नतिजा ल्याउन सकेका छैनन । केही दिन अघि मात्र सार्वजनिक भएको एसईई नतिजामा सिगास गाउँपालिका भित्रका विद्यालयबाट सहभागी भएका परिक्षार्थीले सन्तोषजनक नतिजा ल्याउन नसकेका हुन् ।

श्री अर्जुन माध्यमिक विद्यालय गाँजरी बाट ४५ जना विद्यार्थी एसईईमा सहभागी भएकामा २२ जना उत्तीर्ण भएका छन् । श्री शिगास माध्यमिक विद्यालय रक्सौन बुढाकोट बाट ४२ जना एसईईमा सहभागी भएकामा ११ जना विद्यार्थी मात्र उत्तीर्ण भएका छन् ‌। श्री शारदा माध्यमिक विद्यालय ढुङ्गाड बाट ४१ जना परिक्षार्थी एसईईमा सहभागी भएकामा २३ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

उदय माध्यमिक विद्यालय गन्सुर बाट २८ जना विद्यार्थी एसईईमा सहभागी भएकामा १९ जना विद्यार्थी उत्तीर्ण भएका छन् । श्री लेक लुपुड माध्यमिक विद्यालय शिवलिङ्ग बाट ३५ जना विद्यार्थी एसईईमा सहभागी भएकामा ११ जना विद्यार्थी मात्र उत्तीर्ण भएका छन् । श्री वालकृष्ण माध्यमिक विद्यालय न्वाघर बाट २९ जना विद्यार्थी एसईईमा सहभागी भएकामा १३ जना विद्यार्थी मात्र उत्तीर्ण भएका छन् ।

यसैगर श्री महादेव माध्यमिक विद्यालय थालाकाडा बाट २७ जना विद्यार्थी एसईईमा सहभागी भएकामा १५ जना विद्यार्थी उत्तीर्ण भएका छन् । श्री भुवनभाष्कर माध्यमिक विद्यालय चमडेखर्क बाट ३७ जना विद्यार्थी एसईईमा सहभागी भएकामा ७ जना विद्यार्थी मात्र उत्तीर्ण भएका छन् । श्री गणेश माध्यमिक विद्यालय लेकमा बाट १८ जना विद्यार्थी एसईईमा सहभागी भएकामा १० जना विद्यार्थी मात्र उत्तीर्ण भएका छन् ।

यस्तै श्री शिवलिङ्ग माध्यमिक विद्यालय बगर धौलाडी बाट २१ जना विद्यार्थी एसईईमा सहभागी भएकामा कोही पनि उत्तीर्ण भएका छैनन । श्री भुवनेश्वरी माध्यमिक विद्यालय खैरकोट बाट ४ जना विद्यार्थी एसईईमा सहभागी भएकामा चारै जना विद्यार्थी उत्तीर्ण भएका छन् । श्री पञ्चोदय माध्यमिक विद्यालय बाट २४ जना विद्यार्थी एसईईमा सहभागी भएकामा ५ जना विद्यार्थी मात्र उत्तीर्ण भएका छन् ।
यसैगरी श्री नरेन्द्रपुर माध्यमिक विद्यालय बजकोट बाट
२३ जना विद्यार्थी एसईईमा सहभागी भएकामा कोही पनि उत्तीर्ण भएका छैनन। श्री भूमिराज माध्यमिक विद्यालय थला बाट २० जना विद्यार्थी एसईईमा सहभागी भएकामा ७ जना विद्यार्थी मात्र उत्तीर्ण भएका छन् । भने श्री शिव माध्यमिक विद्यालय गढतोला बाट १७ जना विद्यार्थी एसईईमा सहभागी भएकामा कोही पनि उत्तीर्ण भएका छैनन।

समग्रमा सिगास गाउँपालिका भित्रका विद्यालयबाट एसईईमा ४११ जना विद्यार्थी एसईईमा सहभागी भएकामा १४७ जना विद्यार्थी एसईईमा उत्तीर्ण अर्थात् डी प्लस नतिजा ल्याउन सफल भएका छन् ।

         ३ विद्यालयको नतिजा “निल”
सिगास गाउँपालिका भित्रका ३ विद्यालयको नतिजा शून्य देखिएको छ । सिगास गाउँपालिका – १ मा रहेको श्री नरेन्द्रपुर माध्यमिक विद्यालय बजकोट बाट
२३ जना विद्यार्थी एसईईमा सहभागी भएकामा कोही पनि उत्तीर्ण भएका छैनन नतिजा शून्य देखिएको छ । सिगास गाउँपालिका – २ धौलाडीमा रहेको श्री शिवलिङ्ग माध्यमिक विद्यालय बगर धौलाडी बाट २१ जना विद्यार्थी एसईईमा सहभागी भएकामा कोही पनि उत्तीर्ण भएका छैनन नतिजा शून्य देखिएको छ । यस्तै सिगास गाउँपालिका वडा – ४ गढतोलामा रहेको एकमात्र माध्यमिक विद्यालय श्री शिव माध्यमिक विद्यालय गढतोला बाट १७ जना विद्यार्थी एसईईमा सहभागी भएकामा कोही पनि उत्तीर्ण भएका छैनन नतिजा शून्य देखिएको छ ।

प्रतिक्रिया