२०८१ बैशाख २० गते बिहिबार
ट्रेन्डिङ

मेलौली बस दुर्घटना: ६ जनालाई धनगढी रेफर, २५ जना डिस्चार्ज

SansherOnline SansherOnline
मङ्गलबार २६, असार २०८० ०९:०७
मेलौली बस दुर्घटना: ६ जनालाई धनगढी रेफर, २५ जना डिस्चार्ज

बैतडी : बैतडीको मेलौली नगरपालिका वडा नम्बर ७ स्वाखानीमा बस दुर्घटनामा परि घाइते भएकाहरु मध्ये २५ जनालाई डिस्चार्ज गरिएको छ।

मेलौलीको केशरपुर प्राथमिक स्वास्थ्यकेन्द्रमा सामान्य उपचारपछि थप उपचारका लागि डडेल्धुरा पठाइएका २५ जनालाई उपचारपछि डिस्चार्ज गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले बताए।

यस्तै ६ जनालाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ। दुर्घटनामा घाइते भएका गोरख साउँद, मानविर साउँद, सगिंता रावत, दिपिका भटट, विसन भट्ट, र बस चालक देव सिंह भण्डारीलाई डडेल्धुरा अस्पतालबाट थप उपचारका लागि धनगढी पठाइएको खत्रीले मेलौली खबरलाई जानकारी दिए। बाँकि घाइतेहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार बसमा ४४ जना सवार रहेका थिए। तीमध्ये एक जनाको मेलौलीमै मृत्यु भएको हो।

पञ्चेश्वर गाउंपालिका-३ कुलाउंबाट महेन्द्रनगर जादैं गरेको लु २ ख २०११ नम्बरको बस सोमबार दिउँसो १ बजे दुर्घटनामा परेको थियो। सो दुर्घटनामा पञ्चेश्वर गाउँपालिका-६ का २८ वर्षीय उमेश भण्डारीको मेलौलीको केशरपुर प्राथमिक स्वास्थ केन्द्रमा उपचारका क्रममा मृत्यु भएको थियो।

सडकबाट ५० मिटर तल खसेको बस रुखमा अड्किएको छ। ओरालो सडकमा बस अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया