बैतडी : बैतडीको सुर्नया गाउँपालिकाले जेसीबी खरीद गरेको छ । गाउँपालिकाले ५१ लाख ५० हजारमा जेसीबी खरीद गरेको गाउँपालिकाका इन्जिनियर कपिलदेव भट्टले बताए ।
विकास निर्माणको काम छिटो छरीतो रुपमा सरकार आफैले गर्नका लागि सहज होस भनेर जेसिबी खरिद गरेर कार्यान्वयनमा ल्याइएको छ गाउँपालिकाले सडक निर्माण, मर्मत सम्भार र पालिकाका अन्य आवश्यक कामहरुमा प्रयोग गर्ने प्रयोजनका लागि जेसीबी खरीद गरेको गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए ।
स्थानीय सरकारलाई बिकासका काम गर्ने सवारीका साधन हुँदा सहज हुने भएकाले जेसीबी पनि खरिद गरिएको अध्यक्ष कुँवरले वताउनुभयो ।
प्रतिक्रिया