२०८१ बैशाख २० गते बिहिबार
ट्रेन्डिङ

मेलौली बस दुर्घटना : घाइतेको परिचय खुल्यो (नामावलीसहित)

SansherOnline SansherOnline
सोमबार २५, असार २०८० ०७:२९
मेलौली बस दुर्घटना : घाइतेको परिचय खुल्यो (नामावलीसहित)

बैतडी : बैतडीको मेलौलीमा सोमबार दिउँसो बस दुर्घटनामा परी घाइते भएकाहरु मध्ये ३७ जनाको नाम खुलेको छ । चालकसहित बसमा सवार ४२ जनामध्ये एकजनाको मृत्यु भएको छ भने ४१ जना घाइते भएका छन् । घाइते भएका मध्ये ४ जनाको परिचय खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए । 

पञ्चेश्वरबाट महेन्द्रनगरका लागि छुटेको लु २ ख २०११ नम्बरको पवनदुत यातायातको बस मेलौली नगरपालिका ७ स्वाखानीमा दुर्घटनामा परेको हो । सडकबाट ५० मिटर तल खसेको बस रुखमा अड्किएको छ । बसमा सवारमध्ये पञ्चेश्वर गाउँपालिका ६ रन्तोलीका २८ बर्षीय उमेश भण्डारीको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक खत्रीले बताए । 

घाइते भएका सबैलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ । घाइते मध्ये २५ जनाको अवस्था गम्भीर रहेको छ । घाइते हुनेमा बिमला दमाई, शिवनाथ गाउँपालिका ६ का १८ बर्षीया पूजा साउँद, कञ्चनपुरको दोधाराचाँदनीका दिनेश भण्डारी, सोही ठाउँका पार्वती भण्डारी, पञ्चेश्वर २ का केशव लुहार, १३ बर्षीया दिपिका भट्ट, मेलौली ७ की २५ बर्षीया मञ्जु पार्की, पञ्चेश्वर ३ की २५ बर्षीया कृष्णा शाही चन्द, शिवनाथ ५ की २० बर्षीया मीना चन्द, मेलौली नगरपालिका ५ की ४५ बर्षीया कमला चन्द, सोही ठाउँकी १८ बर्षीया कल्पना चन्द, मेलौली नगरपालिका ७ का ३५ बर्षीय विनोद दमाइ, पञ्चेश्वर ३ की ९ बर्षीया दिया चन्द, सोही ठाउँकी ३५ बर्षीया सीता चन्द र सोही ठाउँका १५ बर्षीय रेशम चन्द रहेका छन् । 

यस्तै पञ्चेश्वर ३ का ७ बर्षीय दिपेश चन्द, सोही ठाउँका ४५ बर्षीय सुरतबहादुर चन्द,शिवनाथ ४ का ५२ बर्षीय कालुराम कोली, सोही ठाउँकी ५० बर्षीया परु कोली, शिवनाथ ५ का २६ बर्षीय बिरपल धनाडी, सोही ठाउँका १३ बर्षीय प्रकाश कार्की, पञ्चेश्वर ३ की १८ बर्षीया संगीता चन्द, सोही ठाउँका ४३ बर्षीय सुरज चन्द, मेलौली नगरपालिका ७ की ५० बर्षीया उषा दमाइ, महेन्द्रनगरकी १७ बर्षीया निशा भट्ट, पञ्चेश्वरकी ६५ बर्षीया सेतु चन्द,मेहन्द्रनगरका १५ बर्षीय विपिन भट्ट, पञ्चेश्व। ३ का ३७ बर्षीय खडक चन्द, सोही ठाउँकी २० बर्षीया लछी चन्द, शिवनाथ ५ का कृष्ण सुतार, सोही ठाउँकी २० बर्षीया सोबधरा धनाडी, सोही ठाउँका आशिष धनाडी, पाटन ५ का ३५ बर्षीय केशवसिंह ठगुन्ना र मेलौली ४ का २६ बर्षीय अमृत चन्द पनि घाइते भएका छन् । 

यस्तै दुर्घटनामा परेर बस चालक ३५ बर्षीय देव भण्डारी, बसका साहु शिवनाथ १ का ४० बर्षीय भरत साउँद पनि घाइते भएका छन् । 

प्रतिक्रिया